नियम ३३
विद्युतीय उपकरणको प्रयोग
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि कुनै वा सबै प्रदेशमा आयोगले विद्युतीय उपकरणको प्रयोग गर्ने व्यवस्था गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगले विद्युतीय उपकरण प्रयोग गर्ने व्यवस्था गरेको प्रदेशमा मतदाताले मतदान गर्दा विद्युतीय उपकरणको प्रयोग गर्नु पर्नेछ ।
(३) विद्युतीय उपकरण प्रयोग गर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।